पोखरामा हाप्किडोको बन्द प्रशिक्षण

पोखरा स्पोर्टस । थाईल्याण्डमा हुने हाप्किडो वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने खेलाडीको पोखरामा आजबाट बन्द प्रशिक्षण सुरु भएको छ ।

अन्तर्राष्ट्रिय हाप्किडो महासंघको आयोजनामा २०२४ अगस्त १ देखि ४ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुने हाप्किडो खेलाडीहरु कृति गिरी, चन्द्रबहादुर बोहरा, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ रहेका छन् ।

पोखरामा सञ्चालन हुने उक्त प्रशिक्षणलाई प्रमुख प्रशिक्षक प्रविन गुरुङले प्रशिक्षण दिने नेपाल हाप्कीडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close