राष्ट्रिय उसु प्रतियोगितामा आर्मी टिम च्याम्पियन

पोखरा स्पोर्टस । नेपाल आर्मी १६ औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ११ स्वर्ण, ६ रजत र ५ कांस्य जित्दै आर्मी टिम च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ७ कांस्य पदकका साथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको एपीएफले ५ स्वर्ण, ३ रजत र ४ कांस्य हात पार्यो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे ।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ पुरुषमा आर्मीका विजय सिन्जाली तथा महिलामा प्रहरीकी निमा घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए ।

सान्डाको पुरुषमा एपीएफका रोहित चुनारो तथा महिलामा आर्मीकी एलिना चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई राखेपका सदस्य एवं आयोजक महासंघका अध्यक्ष जनक बर्तौलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगतामा ५ प्रदेश र ३ विभागीय गरी ५ टोलीका १ सय खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close