ट्यालेन्ट हन्ट अन्तर्गत तेक्वान्दो प्रशिक्षक/प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । ट्यालेन्ट हन्ट अन्तर्गत तेक्वान्दो प्रशिक्षक/प्रशिक्षण पोखरामा सम्पन्न भएको छ ।

राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षकको रुपमा अघि बढाउन आयोजित प्रशिक्षक÷प्रशिक्षणमा सहभागिहरुलाई शुक्रबार एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न प्रशिक्षणमा ४० जनाले सहभागिता जनाएका थिए ।

सहभगिहरुलाई कोरियाली प्रशिक्षक योंगदल कोन, सिनियर प्रशिक्षक बलराम लामा र सुन बहादुर लामाले प्रशिक्षण दिएका थिए ।

सहभागिहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले सहभागिताको प्रमाणपत्र वितरण गरे ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले प्रशिक्षण कार्यक्रमले गण्डकी प्रदेशमा खेलाडी उत्पादनमा सहायक हुने भन्दै परिषदले गरेको सहकार्यका लागि आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close