
पोखरा स्पोर्टस । नेपालकी सिमा श्रेष्ठले यू–१७ अन्तर्गत बंगालादेशमा भएको हाइ जम्पतर्फ काश्य पदक जितेकी छन् ।

मित्र राष्ट्र बंगालादेशको राजधानी ढाकामा मंगलबारबाट सुरु भएको ‘पाँचौ आमन्त्रण बिकेएसपी कप एथलिट्स च्याम्पियनसिप २०२२’ मा सिमाले काश्य पदक जित्न सफल भएकी हुन् ।
नेपाली टोलीका अफिसियल सिद्धान्त अधिकारीले जनाए अनुसार सिमाले १ मिटर ३५ सेन्टिमिटर जम्प गर्दै नेपालका लागि पदक जिताउन सफल भएकी हुन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय पदक समेत् हो ।
लम्जुङकी सिमा नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै हाइजम्पतर्फ काश्य पदक जितेकी थिइन् ।
