गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जित्यो

खेलकुदमा बजेट नबढ्नुको कारण जनप्रतिनिधीलाई सोधौं–सदस्य सचिव शर्मा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । तनहुँको भिमादस्थित खेल मैदानमा सोमबार सम्पन्न खेलमा नवलपुरले स्याङजालाई हराउँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा खेलमा नवलपुर ३–१ गोलले बिजयी भएको हो ।

नवलपुरलाई जित दिलाउन संगिता बिक, कविता विक र रिमा सापकोटाले समान १–१ गोलको योगदान दिए भने स्याङजाका लागि सुक्रिया मिंयाले १ गोल फर्काइन् ।

प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारबाट खेलकुद विकासका लागि विनियोजित बजेटमा असन्तुष्ट व्यक्त गरे । खेलकुदमा हरेक वर्ष प्रतिशतमा नै बजेट कम हुँदै गएको बताउँदै सदस्य सचिब शर्माले भने–“अब समाजका हरेक वर्ग संगै खेलाडीहरु समेतले आवाज उठाउने बेला मात्रै भएको छैन खेलकुदमा बजेट नवढ्नुको कारण जनप्रनिधि संगै राजनितिक नेतृत्वलाई ठाउँ–ठाउँमा जहाँ भेटेयो त्यही सोध्ने बेला आएको छ ।”

प्रतियोगितामा उपाधि बिजेता नवलपुरले नगद १ लाख र उपविजेताले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

सम्पन्न प्रतियोगितामा स्याङजाकी सुक्रिया मियाँ सर्वोत्कृष्ट हुँदै नगद रु ८ हजार प्राप्त गर्न सफल भइन् भने सर्वाधिक गोलकर्ताको उपाधि समेत उनैले पाइन् । उनले सर्वाधिक गोलकर्ता हुँदै थप नगद ५ हजारका साथमा ट्रफी पाइन् ।

यस्तै प्रतियोगितामा बेष्ट किपर नवलपुरकी नम्रता महतो, वेष्ट डिफेन्डर स्याङजाकी माया मास्की, नवलपुरकी संगिता विक उदियमान खेलाडी घोषित हुँदै ट्रफीका साथ नगद ५–५ हजार प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा ८ गतेबाट सुरु भएको प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close