गण्डकी प्रदेशस्तरी टि–२० महिला क्रिकेट : स्याङजा र कास्की फाइनलमा

पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट प्रतियोगितामा कास्की र स्याङजाले लगातार निकाल्दै फाइनलमा स्थान बनाएका छन् ।

चार टिमका बीच राउण्डरोविनका आधारमा जारी प्रतियोगितामा तेस्रो दिन (सोमबार) हुने एक–एक खेल बाँकी छंदै फाइनलमा प्रवेश गरेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका हुन् । फाइनल खेल १० गते हुनेछ । 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा समेत कास्की र स्याङजाले आ–आफ्नो खेल जिते । पहिलो खेलमा एक सय रनको विजयी लक्ष्य पछ्याएको पर्वत १० ओभरमा ७ विकेट गुमाउँदै २३ रनमै समेटियो ।

पर्वतका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । एन्जल अधिकारी १, कृषा अखेली २, सुशिला भट्टराई ६ (९ बलमा १ चौका), विपाशा विक र पुजा विक शुन्य रोजिना चापागाईँ १, प्रतिभा खड्का २ रनमा आउट भइन् । रिदिमा पौडेल १ र अनुषा पौडेल ३ रनमा नटआउट रहिन् ।

स्याङजाका लागि आकृति तिवारी, निरु जिटी, अपेक्षा बुढाथोकी र ज्योत्निका मरासिनीले समान १÷१ विकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ थालेको स्याङजाले १० ओभरमा १ विकेट गुमाउँदै ९९ रन बनायो । स्याङजाका लागि ओपनर कुशुम गोदारले सर्वाधिक ३३ रनको अविजित योगदान दिइन् । उनले ३० बलमा २ चौका र १ छक्का प्रहार गरिन् । ज्योत्सिनिका मरासिनी ३० रनमा अविजित रहिन् । उनले २२ बलमा ३ चौका प्रहार गरिन् । सलिना सेन १७ रनमा आउट भइन् । उनले १० बलमा ३ चौका प्रहार गरिन् ।

पर्वतको लागि अनुषा पौडेलले २ ओभरमा १ विकेट लिइन् । वर्षाको कारण उक्त खेल १०–१० ओभरको खेलाइएको थियो ।

दोस्रो खेलमा कास्कीले नवलपुरलाई ३२ रनले हराएको छ । ११५ रनको विजयी लक्ष्य पाएको नवलपुर १५.४ ओभरमा ८२ रनमा अलआउट हुन पुग्यो ।

नवलपुरका लागि धनकुमारी क्षेत्रीले १० र पुर्णिमा विकले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । मनिका लामिछाने ५, पुजा लामिछाने ९, भूमिका महतो ४, यमुना पगेनी २, श्रेया शर्मा ७, निकिता कुवार १, आयुष्मा चापागाईँ ४ र स्विकृती कडेल शुन्यमा आउट भइन् ।

कास्कीका लागि रचना चौधरी (१ मेडन) र चन्द्रमाया बरालले २÷२ तथा यशोदा भुजेल, पुर्णिमा गुरुङ र रिया तामाङले समान १/१ विकेट लिइन् ।

टस हारेर व्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । कास्कीका लागि ओपनर सिर्जना पौडेलले ११, विनिता नेपालीले १४, सम्झना विकले ६, रचना चौधरीले सर्वाधिक २७ रन (२ चौका १ छक्का), चन्द्रमाया बराल १६, रिया तामाङ ३ र विनिता सिग्देल शुन्यमा आउट भइन् ।

यशोदा भुजेल ११ र रेजिना शन्यमा नटआउट रहे । नवलपुरका लागि श्रेया शर्माले ४ ओभरमा एक मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् । यस्तै पुर्णिमा विक र यमुना पगेनीले समान २/२ तथा आयुष्मा चापागाईँले १ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close