राष्ट्रिय फेन्सिङ प्रतियोगितामा गण्डकीको उत्कृष्ट सुरुवात, कृपाले जितिन काश्य पदक

पोखरा स्पोर्टस । काठमाण्डौमा सोमबारबाट सुरु भएको छैंर्टौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा गण्डकीले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपाल फेन्सिङ संघको आयोजनामा सुरु भएको प्रतियोगितामा गण्डकीले उत्कृष्ट सुरुवात गर्दै दुई काश्य पदक जितेको हो । राष्ट्रिय प्रतियोगितामा गण्डकीको यो पहिलो पदक समेत हो । इपी महिला सिंगल्सतर्फ गण्डकीकी कृपा गुरुङले काश्य पदक दिलाएकी हुन् ।

सेमीफाइनलमा सागकी रजत पदक विजेता समेत रहेकी अनिता कार्की संग १५–९ को स्कोरले पराजित हुँदै कृपाले काश्य पदक जितिन् । कृपाको राष्ट्रिय फेन्सिङमा पहिलो पदक हो । कृपाले हालै साउदीमा सम्पन्न उमेर समुहको एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

यस्तै मेन्स सेवर टिम इभेन्टतर्फ समेत गण्डकीले एक पदक प्राप्त गरेको छ । सो इभेन्टमा गण्डकीको मेन्स टिम सेमीफाइनलमा एपिएफ संग पराजित हुँदै काश्य पदक जितेको गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष एवं टिम लिडर विजय शाहीले पोखरा स्पोर्टसलाई बताए । उक्त इभेन्टमा गण्डकीका लागि अंकित पोखरेल, अनिश श्रेष्ठ, मनिष श्रेष्ठ र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै उमेन्स इपी टिम इभेन्टमा समेत गण्डकी प्रदेशको टिमले अर्को एक पदक पक्का गर्ने भएको अध्यक्ष शाहीले जानकारी दिए । कृपा गुरुङ, निती खाँड, निश्चल पुन मगर र विनिता पुन मगरसहितको टोलीले मंगलबार हुने सेमीफाइनलमा कोशी संग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउन आइतबार काठमाण्डौ प्रस्थान गरेको फेन्सिङ टोलीमा २२ खेलाडी, ८ जना अफिसियल र २ जना रेफ्रिहरु रहेका छन् । प्रतियोगिता बुधबार सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभागिय टोलीहरु सहित विभिन्न प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ । 

उपेन्द्रलाई स्वर्ण
नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा सोमबार स्वर्ण जितेका छन् । एपीएफका राजेन्द्र गजुरेल दोश्रो तथा आर्मीका रघुवीर चन्द तेश्रो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा एपीएफकी अनिता कार्की पहिलो, आर्मीकी पुजन कुमाल दोश्रो र गण्डकी प्रदेशकी कृपा गुरुङ तेश्रो भए ।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम साब्रेमा आर्मी, एपीएफ र बागमती प्रदेश क्रमशः शीर्ष तीन स्थानमा रहे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close