पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा कबड्डी खेलको विकास र प्रवर्द्धन गर्न शिक्षक लक्षित तीन दिने रेफ्रि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका ३० जना सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुलाई परिषदका सदस्य केशव पाठक र गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापतीले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै परिषदका सदस्य पाठकले आफूले सिकेके शिपलाई व्यवहारमा लागु गर्न र विद्यालयतह संगै पालिकाहरुमा हुने प्रतियोगिताहरुलाई निश्पक्ष बनाउन आग्रह गरे ।

यसै गरी संघका अध्यक्ष प्रजापतीले परिषदले कबड्डी खेलको विकासका लागि गरेको सहकार्य प्रति आभार व्यक्त गर्दै शिक्षकहरु लक्षित प्रशिक्षणले विद्यालयस्तरबाटै कबड्डीको जग बलियो बनाउन भूमिका खेलेको बताए ।

सहभागिहरुलाई कबड्डी प्रशिक्षक तर्कराज भट्ट, हरि जिशी र यूवराज श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close