बाँकी खेल संघहरुको पनि निर्वाचन सम्भव तुल्याइ छाड्नेछु– सदस्य–सचिव घिसिङ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन् ।

सदस्य सचिव घिसिङले खेल संघहरुको निर्वाचन गर्ने प्रतिवद्धता जनाए पनि व्याडमिन्टन लगायत अन्य खेल संघहरु अनाधिकृत रुपमा नै अघि बढीरहेका छन् । तर राखेप भने यस बारे मौन रहँदै तिनै संघका नेतृत्वहरु संग काँध मिलाएर कार्यक्रमहरुमा सहभागिता जनाइरहेको छ । केही संघहरुका तदर्थ समिति बनेर ६ महिना वितिसक्दा समेत राखेप भने मौन बसेको छ । सदस्य सचिव घिसिङले हस्तेक्षेपकारी भूमिका नगरेको बताए पनि आफ्ना नजिककाहरुलाई जोगाउँदा नेपाली खेलकुदमा सुनौलो इतिहास बनाएका केही खेल संघहरु धराशायी हुने स्थितीमा पुगेका छन् ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘म परिषद्मा आउँदा २ सय भन्दा बढीको हारीहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । तिनि भित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’

सदस्य–सचिव घिसिङले भने– ‘सामान्तय परिषद्ले कुनैपनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन । मैले संघहरुलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नु भएन । एउटा विधिमा हिडाउनका निमित्त मात्र कोसिश गराएको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्ने छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close