गण्डकी प्रदेश भलिबल विवाद : छलफलका लागि बोलायो परिषदले

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश भलिबल संघमा पछिल्ला दिनमा देखिएको विवादका विषयमा प्रदेश खेलकुद परिषद गण्डकीले छलफलका लागि बोलाएको छ ।

परिषदले गण्डकी प्रदेश भलिबल संघलाई पत्र लेख्दै छलफलका लागि बोलाएको हो । गण्डकी भलिबल टिमका पूर्व कप्तान हरि पाण्डेलाई बोधार्थ गरिएको पत्रमा छलफलका लागि बोलाइए पनि मिति भने तोकिएको छैन । परिषदका उपसचिब शालिकराम रेग्मीले दुबै पक्षलाई वार्तामा बोलाउँदै पत्रमा हस्ताक्षर गरेका छन् ।

एनभिए कपमा गण्डकी प्रदेश भलिबल टिमको विषयलाई लिएर पूर्व कप्तान पाण्डेसहितको यूवा समुहले परिषदको कार्यालय परिशर पोखरा रंगशालामा आइतबार नारा लगाउँदै विभिन्न माग सहित प्रदर्शन गरेका थिए । भलिबल संघलाई बिवादका विषयमा समन्वय गर्न भन्दै प्रदेश भलिबल संघलाई परिषदले गरेको पत्रमा जनाइएको छ ।

परिषदका सदस्य सचिब श्रीधर शर्माले यूवाहरुका माग र प्रदर्शनका विषयमा परिषदको ध्यानाकषर्ण भएको बताउँदै त्यसैको आधारमा परिषदले दुबै पक्षलाई वार्तामा बोलाएको बताए ।

यता गण्डकी प्रदेश भलिबल संघका महासचिब टहल सिंह थापाले अहिले पोखरा बाहिर रहेको जनाउँदै पौष १७ गते बस्ने कार्यसमितिको बैठकले सबै निर्णय गर्ने बताए । उनले भने–“अहिले सामाजिक सञ्जालमा अनर्गल कुराहरु आएका छन् । ति विषय सत्य होइनन् । संघले आफ्नोतर्फबाट हुन र गर्न सक्ने विषयमा गम्भिर भएर अघि बढ्छ ।”

उनीहरुले विभिन्न १० वटा माग अघि सार्दै गण्डकीको टोली एनभिएमा किन सहभागिता भएन भन्ने प्रश्न गर्दै गण्डकी प्रदेश भलिबल संघको नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगितामा सहभागिता बारे मार्ग स्पष्ट गर्न भेनका थिए ।

त्यस्र्तै गण्डकी प्रदेश भलिबल संघको हिसान किताव सार्वजनिक गर्न तथा गण्डकी प्रदेश भलिबल संघले उमेर समुहको प्रतियोगिता आयोजना गर्न उनीहरुको दबाव थियो । प्रदेशका भलिबल खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आग्रह गर्दै मागपत्रमा सहयोगीहरुको उचित सम्मान र व्यवस्थापन गर्नसँगै भलिबल संघमा अनुभवीलाई प्राथमिकता दिइ टिके प्रथा अन्त्य गर्नु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

यस्तै पूर्व कप्तान पाण्डेले परिषदले छलफलका लागि बोलाएको जानकारी दिंदै छलफलमा सबै विषयहरु अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close