कालीगण्डकी ‘मोटरबोट’मा सुरु भयो गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा स्पोर्टस । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोटमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

कालीगण्डकी गाउँपालिकाको सहकार्य र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवं लेखा समितिका सभापति सुधीरकुमार पौड्यालले उदघाटन गरेका छन् ।

सो अवसरमा बोल्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदले जल जमिन र आकाश तीनै स्थानमा खेलकुद सम्भव छ भन्ने अभियानलाई स्थापित गर्न परिषद अघि बढेको जनाउँदै धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने संगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका १८ महिला र १८ जना पुरुष गरी कुल ३६ जना सहभागी भएका प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले बताएका छन् ।

गाउँपालिकाका तर्फबाट एक जना अपाङ्गता भएका खेलाडी समेत सहभागि रहेको सदस्य सचिब शर्माले जानकारी दिए ।

सो अवसरमा गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मी, काली गण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालगायतले प्रतियोगिताले नयाँ सन्देश दिएको जनाउँदै खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close