पोखरा ओपन टेनिसमा आशिष बने च्याम्पियन

पोखरा स्पोर्टस । पोखरा ओपन टेनिस टुर्नामेन्टमा आशिष खड्का च्याम्पियन बनेका छन् ।

कास्की टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सम्पन्न फाइनलमा आशिषले दर्शिल श्रेष्ठलाई फाइनलमा २–० को सोझो सेटमा पराजित गरेका हुन् । पुरुषतर्फको फाइनलमा ६–२, ६–१ ले पराजित गरेको कास्की टेनिसका सचिब नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी यू–१४ ब्वाइज फाइनलमा सन्दिप विकले जित हात पारे । उनले फाइनलमा डोजन गुरुङलाई ६–२, ४–६, ६–३ ले पराजित गरे भने यू–१६ गर्ल्सतर्फ शाल्भी शेरचनले शरिसा शेरचनलाई ६–२, ६–३ ले पराजित गरी उपाधि जितिन् ।

यू–१० ब्वाइज फाइनलमा इभान भट्टराईले एलिश गौतमलाई टाईव्रेकमा ६–४, १–६ र १०–८ ले पराजित गरे ।

विजेता खेलाडीहरुलाई कास्की टेनिसका उपाध्यक्ष राज कुमार गुरुङ (राजु), प्रशिक्षक लि विलियम्स, नेपाल पूर्व न १ टेनिस खेलाडी तथा मालदिभ्स महिला टिमका मुख्य प्रशिक्षक कुमार अधिकारी, संघका सल्लाहकार बसन्त प्रधानले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तीन दिन देखि सञ्चालन भएको प्रतियोगितामा सिनियर र विभिन्न उमेर समुहमा गरी ४० खेलाडीहरुको सहभागिता रहेको सचिव श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close