हङकङ ओपन ब्याडमिन्टन पहिलो पटक हुँदै, चार इभेन्टमा प्रतिस्पर्धा

पोखरा स्पोर्टस । “स्वास्थ्य लागी खेल, मनोरन्जनको लागी खेल” भन्ने मुल उद्धेश्यका साथ हङकङमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको विभिन्न चार इभेन्टमा ‘हङकङ ओपन ब्याडमिन्टन’ प्रतिस्पर्धा हुने भएको छ ।

चुनवान नेपाली ब्याडमीन्टन क्लबले पहिलो पटक ४ फरक–फरक इभेन्टमा आकर्षक पुरस्कारसहीत हंङकंङ ओपन ब्याडमीन्टन आयोजना गर्न लागेको हो ।

हाल सम्मकै ठुलो पुरस्कार राशी रहेको प्रतियोगितामा पुरूष डबल्स ‘ए’ र ‘बी’ तर्फका बिजेताले हङकङ डलर ८/८ हजार, उपविजेताले ४/४ हजार, भेट्रान्सतर्फका बिजेताले ५ हजार र उपबिजेताले २ हजार ५ सय, महिला डबल्सतर्फ बिजेता र उपबिजेताले क्रमश नगद २ हजार १ हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

जुन ९, २०२४ मा आयोजना हुने प्रतियोगितामा पुरूष डबल्स ‘ए’, पुरुष डबल्स ‘बी’ श्रेणी, महीला डबल्स र पुरूष भेट्रान्स (४५ बर्ष) माथी उमेर समुहको प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष ज्ञानेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतीयोगीतामा हाल सम्मकै सर्वाधिक पुरूष डबल्स ‘ए’ बाट १९ टीम, श्रेणी ‘बी’ बाट १६ टीम, महीला ५ टीम तथा भेट्रान्स ११ टीम गरी कुल ५१ टिमको सहभागीता रहने निश्चित भईसकेको खेल संयोजक शिबचन्द्र लिम्बुले जानकारी दिएका छन् ।

प्रतीयोगितामा भारतिय मुलका खेलाडीको पनी सहभागीता रहने आयोजकले जनाएको छ ।

हाल सम्मकै ठुलो पुरस्कार राशी रहेको प्रतियोगितामा पुरूष डबल्स ‘ए’ र ‘बी’ तर्फका बिजेताले हङकङ डलर ८/८ हजार, उपविजेताले ४/४ हजार, भेट्रान्सतर्फका बिजेताले ५ हजार र उपबिजेताले २ हजार ५ सय, महिला डबल्सतर्फ बिजेता र उपबिजेताले क्रमश नगद २ हजार १ हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगीतामा हङकङ नेपाली ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने हङकङबाट हेमराज राईले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close