क्लब १०२ द्वारा सहारा एकेडेमीलाई टिशर्ट उपहार

पोखरा स्पोर्टस । क्लब १०२ ले सहारा एकेडेमीलाई टिशर्ट उपहार दिएको छ । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आश्रित बालकहरुलाई क्लबले टिसर्ट सहयोग गरेको हो ।

क्लब १०२ को आयोजना एवं नं. शसस्त्र प्रहरीबल ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठले एकेडेमीमा आश्रित बालकहरुलाई टिशर्ट हस्तान्तरण गरे ।

सो अवसरमा क्लब अध्यक्ष केशवराज बरालले क्लब १०२ का पदाधिकारीहरु, कास्की समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष दिलबहादुर जलारीलाई एकेडेमीमा स्वागत गरेका थिए ।

सो अवसरमा बाहिनी प्रमुख श्रेष्ठ र क्लब १०२ का अध्यक्षले सहाराको कार्यको लागि प्रशंसा व्यक्त गर्दै प्रगतिको कामना गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु विक्रम थकाली, बिररभद्र आचार्य, कार्यसमिति तथा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

क्लब १०२ नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित क्लब हो ।

सहारा एकेडेमीमा तेस्रो ब्याचको रुपमा हाल विभिन्न जिल्लाका गरी २३ जना बालकहरु आश्रित रहेको एकेडेमी संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनीहरुलाई क्लबले आवासीय सुविधासहित शिक्षा–दीक्षा संगै फुटबल सिकाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close