प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा सम्पन्न प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन । ४ं.५ अंक ल्याई प्रथम हुन सफल भएका छन ।  उनले पुरस्कार स्वरुप नगद सात हजार पाच सय प्रमाण पत्र र मेडल हात पारे ।

ताल बाराही भु.पु विद्यार्थी एशोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा महानगर पालिका वडा नं–६ को आर्थिक सहयोग तथा कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ सम्पन्न भएको हो ।

प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरि द्रोस्रो र ४ अंक ल्याइ शुनिल श्रेष्ठ तेस्रो भए । क्रमश उनिहरुलाई नगद पाचहजार दुईसय पचास र तिनहजार सात सय पचास रुपैया सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

त्यसै गरी पन्ध्र बर्ष छात्र–छात्रातर्फ किस्मत जि.सी प्रथम, लक्ष्य शाक्य दोस्रो र उज्जवल पहारी तेस्रो भए । छात्रातर्फ सविना पोखरेल प्रथम र सुभेच्छा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो हुन सफल भएका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिका वडा नं–६ ज.वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले गरेका थिए ।

सो अवसरमा ताल बाराही माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, कार्यक्रमका संयोजक एवंम राष्ट्रिय रेफ्रि तथा बुद्धिचाल संघका केन्द्रिय सदस्य महेश्वर अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।

विधार्थी एसोशियसनका कार्यबाहक अध्यक्ष खिमलाल पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गणेशराज पहारी, सह–सचिब ज्ञानेन्द्रराज कोइरालाले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close