स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

पोखरा स्पोर्टस । पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ५–३ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

स्पेनका लागि अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।

यसअघि पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरेका थिए । त्यस्तै स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले एक एक गोल गरेका थिए ।

योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ । यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close