आहा ! रारा गोल्डकपमा दुई विदेशी टिम ल्याउन पहल गर्छु– सदस्य सचिब

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले अव आयोजना हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा दुई विदेशी टिम ल्याउन आफूले पहल गर्ने बताउनुभएको छ ।

सहारा क्लवका पदाधिकारीहरु संगको भेटघाटमा सदस्य सचिब सिलवालले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“पोखराको फुटबल विकासमा सहाराको योगदान महत्वपूर्ण रहेकोले विदेशी क्लवलाई निम्तो गर्दा खेलाडीहरुले नयाँ कुरा सिक्न पाउने मात्रै नभई फुटबलमा नयाँ माहोल बनाउन पनि यसले सहयोग पुग्छ ।” उहाँले अव हुने १९ औं आहा रारा गोल्डको मिती घोषणा गरि जानकारी दिन तथा तयारीका लागि अगाडी वढ्न समेत सहारा लाई आग्रह गर्नुभयो ।

सदस्य सचिब सिलवाल अखिल नेपाल फुटबल संघ (एन्फा) संग अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता गर्ने बारे छलफल भइरहेको बताउँदै अव स्वास्थ्य  सवै मापदण्ड अपनाएर खेल गतिविधीलाई अघि वढाउन राखेपले तयारी थालेको बताउनुभयो । उहाँले भन्नुभयो–“नेपालमा महिला फुटबलको निकौ राम्रो भविष्य संगै सम्भावना रहेकोले यि दुई प्रतियोगिताहरु अगाडी बढाउने सोँचमा छौं ।”  अन्तर्राष्ट्रियस्तरको महिला फुटबलका लागि केही देशहरु संग पत्राचार समेत भइरहेको उहाँले बताउनुभयो ।

उहाँले अव चाँडैनै राष्ट्रियस्तरको उपमेयरकप महिला फुटबल प्रतियोगिता समेत आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । हाल निर्माण सम्पन्न भएका देशै भरिका खेल पूर्वाधारहरुको संरक्षण तथा सम्वद्र्धनका लागि स्थानिय सरकार वा खेलकुदमा राम्रो गर्ने संस्थाहरुलाई जिम्मा लगाउने तयारी समेत राखेपले गरिरहेको उहाँले बताउनुभयो ।

पोखरा १७ दोविल्लामा सञ्चालित सहारा एकेडेमीका लागि वार्षिक खर्च तथा पूर्वाद्धार निर्माणका लागि आवश्यक पर्ने रकमका लागि सहारा क्लवले राखेप संग आग्रह गर्दै सदस्य सचिबलाई पत्र हस्तान्तरण गरेको छ । भेटघाटमा सहारा क्लवका अध्यक्ष केशव वहादुर थापा, पूर्व अध्यक्षद्वय विक्रम थकाली र विरभद्र आचार्य, सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ लगाएत क्लवका अन्य पदाधिकारीहरु रहेका थिए ।

सो अवसरमा राखेप सदस्य राजेश गुरुङको उपस्थिती रहेको थियो ।

सहारा क्लवले १९ औं आहा ! रारा गोल्डकप संस्करणको तयारी गरिरहेको भए पनि एन्फाले अझै सम्म मितीबारे घोषणा भने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close