पोखरामा हुने एसिया कप ट्रायथलन अन्तर्गत हुने दुआथलनमा नेपाली सात खेलाडी

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने एसियाकप ट्रायथलनमा अन्तर्गत हुने दुआथलन इभेन्टमा सहभागि हुन नेपाली सात सदस्यिय टोली पोखरा आइपुगेको छ ।

नेपाल ट्रायथलन संघको आयोजनामा यहि बैशाख १५ र १६ गते आयोजना हुने सातौं एसियाकप ट्रायथलनअन्तर्गत हुने दुआथलन इभेन्टमा चुनौती पस्किन ७ सदस्यिय नेपाली टोली पोखरा आइपुगेको हो । टोलीमा २ महिला र ५ पुरुष रहेको संघका कोषाध्यक्ष निरज श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

दुआथलनअन्तर्गत महिलातर्फ मञ्जु धमला र प्रमिला खड्का सहभागि छन् भने पुरुषतर्फ हिमाल टमटा, नवराज न्यौपाने, सुरेश भुजेल, रमेश लिम्वु र लक्ष्मण मल्ल रहेका छन् ।

ट्रायथलन अन्तर्गत पौडी, साइक्लिङ र दौड समावेश हुन्छ भने दुआथलनमा साइक्लिङ र दौड समावेश हुन्छ ।

यता सातौं एसियाकप ट्रायथलनतर्फ सहभागि हुन ९ सदस्यिय नेपाली टोली पोखरा आइपुगेको छ । टोलीमा ४ महिला र ५ पुरुष रहेका छन् । नेपाली महिला टोलीमा पुष्पा रोकाया, शोभा बलामी, श्रेवी महर्जन र ज्ञानु कुमार चौधरी छन् भने पुरुषतर्फ विपान खत्कत्वा, मुकेश थारु, प्रविन थारु, यजु महर्जन र मौलिक महर्जन ।

उनीहरुले एसिया कप, साउथ एसियन ट्रायथलन च्याम्पियनसिप र राष्ट्रिय च्याम्पियसिप गरी तिन छुट्टा–छुट्टै इभेन्टमा सहभागिता जनाउने छन् ।

एसिया कप ट्रायथलनमा सहभागिता जनाउन यो समाचार तयार पार्दा सम्म नेपालसहित १५ विभिन्न देशका ६४ जनाले नाम दर्ता गराएका छन् ।

प्रतियोगिता अवलोकनका लागि वर्ल्ड ट्रायथलन फेडेरेशनका प्रेसिडेन्ट मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी नेपाल आउने पक्का भइसहेको छ । उनीहरु दुवैजना स्पेनका हुन् ।

प्रेसिडेन्ट मारिसोल र महासचिव एन्टोनियोको आगमनले यो खेल अझै विशेष भएको संघले जनाएको छ । विशेष गरी पोखरामा वर्ल्ड ट्रायथलन आयोजना गर्नका लागि भेन्यू अवलोकन संगै नेपाल सरकार र आयोजक शहर पोखरा महानगरको सहकार्यको लागि प्रतिवद्धताका सम्वन्धमा समेत छलफल हुने भएको संघले जनाएको छ ।

ट्रयाथलनका प्रतियोगिता आयोजनाका लागि पोखरा मात्रै उपयूक्त स्थल रहेकोले पनि विगत सात वर्ष देखि निरन्तर रुपमा उक्त प्रतियोगिता आयोजना गर्ने अवसर पोखराले पाएको छ । पोखराको बेगनासबाट ९० को दशकमा सुरुवात भएको ट्रयाथलन विगत सात वर्ष देखि निरन्तर पोखराको फेवतालबाट सुरुवात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close