रिले दौड छात्रातर्फ गण्डकीले जित्यो रजत

पोखरा स्पोर्टस । केन्द्रियस्तरीय १४ औं राष्ट्रिपति रनिङ शिल्डमा गण्डकीले रिले छात्रातर्फ थप एक काश्य पदक जितेको छ ।

काठमाडौंको दशरथ रंगशालामा जारी प्रतियोगितामा ४x१०० मिटर रिले दौड  छात्रातर्फ गण्डकीले रजत पदक जितेको हो । गण्डकीका निशा घर्ती, एन्जल अधिकारी, सिमा श्रेष्ठ र अनुस्का अधिकारी सम्मिलित टिमले ५५.०२ सेकेण्डको समय लिंदै रजत पदक जितेको हो ।

यो नतिजा संगै गण्डीकीले एथलेटिक्सतर्फ हाल सम्म ३ स्वर्ण ४ रजत र १ काश्य पदक जितेको गण्डकी एथलेटिक्सका टिम म्यानेजर मन थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

सोही प्रतियोगितामा बागमती प्रदेशको टिम ५४.५६ सेकेण्डको समय लिंदै स्वर्ण पदक जित्दा ५५.२० सेकेण्डको समय लिएको कर्णाली प्रदेशको टिमले काश्य पदक जितेको अफिसियल इन्द्रा मल्लले जानकारी दिएकी छन् ।

तर सोही इभेन्टमा गण्डकीको छात्र टिम पदकबाट चुकेको छ । गण्डकीको छात्र टिमले चौथो स्थान हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close