राष्ट्रपति रनिङ शिल्ड भलिबल : गण्डकी छात्रतर्फ जित, छात्रातर्फ पराजित

पोखरा स्पोर्टस । काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रियस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र–छात्रा भलिबलमा गण्डकीले छात्रतर्फ जित र छात्रातर्फ हार व्यहोरेको छ ।

गण्डकीको छात्र भलिबल टिमले बागमती विरुद्ध सोझो सेट २–० ले जित निकाल्दा छात्रातर्फ कर्णाली विरुद्ध २–१ को सेटमा हार व्यहोरेको हो ।

छात्रतर्फ गण्डकीले एकतर्फी खेल पदर्शन गर्दै २५–१७ र २५–१९ ले जित हासिल गरेको छ ।

तर यता छात्रातर्फ भने गण्डकी कर्णाली संग प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरेको छ । पहिलो सेट २२–२५ ले पछि परेको गण्डकी दोस्रो सेटमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेल रोचक मोडमा पुर्याए पनि अन्तिम सेटमा भने ९–१५ ले खेल गुमाउँदै कर्णालीलाई सुम्पियो ।

भोली बुधबार छात्रतर्फ गण्डकीले मधेश प्रदेश विरुद्ध मैदानमा उत्रिने छ भने छात्रातर्फ दुई खेल हुने गण्डकीका टिम प्रशिक्षक लेखनाथ लम्सालले बताए । गण्डकीले बुधबार सुदुर पश्चिम र बागमती संग भिडने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close