राष्ट्रपति रनिङ सिल्ड : एथलेटिक्समा गण्डकीलाई २ स्वर्ण, २ रजत र १ काश्य

हाइजम्पमा गणेश विकको रेकर्ड जम्प

पोखरा स्पोर्टस । काठमाडौंमा मंगलबारबाट सुरु भएको १४ औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ सिल्डमा गण्डकीले एथलेटिक्समा २ स्वर्ण, २ रजत र १ काश्य पदक हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद गण्डकीको आयोजनामा दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको सुरुवाती क्षणमा नै एथलेटिक्समा गण्डकीले २ स्वर्ण, २ रजत र १ काश्य पदक हात पारेको हो ।

गण्डकीका बादल कार्कीले १५०० मिटर दौडमा स्वर्ण पदक हात पारेका छन् । बादलले स्वर्ण पदक जित्न ४ मिनेट १९.१ सेकेण्डको समय लिए । उनका प्रतिस्पर्धी कर्णालीका अजय विकले ४ मिनेट १९. ६ सेकेण्डको समय लिंदै रजत पदक जित्दा सुदुर पश्चिमका अजय विकले ४ मिनेट २२.७ सेकेण्डको समयमा काश्य पदक जिते । 

त्यसैगरी हाइजम्प छात्रतर्फ गणेश विकले रेकर्ड ब्रेक गरेका छन् । उनले १.८१ मिटर जम्प गर्दै स्वर्ण पदक मात्रै हात पारेनन् यस भन्दा अघि राष्ट्रपति रनिङ सिल्डकै १.७७ मिटरको रेकर्ड समेत ब्रेक गरे । यसै गरी हाइजम्पतर्फ बागमती प्रदेशका अविनाश सुनारले १.७६ मिटर जम्प गर्दै रजत पदक र लुम्विनी प्रदेशका मिलन विश्वकर्माले १.७० मिटर जम्प गर्दै काश्य पदक जितेका छन् । 

त्यसै गरी हाइजम्प छात्रातर्फ गण्डकीकी सिमा श्रेष्ठले रजत पदक प्राप्त गरेकी छन् । सिमाले १ं.३८ मिटर जम्प गरेकी थिइन् । स्वर्ण पदक जित्ने सुदुर पश्चिमकी सुस्मिता चौधरीले १.४१ मिटर जम्प गरिन् भने काश्य पदक पुजा नेपालीले हात पारिन् । पुजाले १.३० मिटर जम्प गरेकी थिइन् । 

यसै गरी गण्डकीकी एन्जल अधिकारीले छात्रा १०० मिटरतर्फ रजत पदक हात पारिन् भने १०० मिटर तर्फ नै निशा घर्तीले काश्य पदक हात पारेको एथलेटिक्स टोली नेता मन थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए । एन्जलले १ मिनेट ६६ सेकेण्डमा दुरी पार गरिन् । सुदुर पश्चिमकी रिनु जोशीले १ मिनेट ५८ सेकेण्डको समय लिंदै स्वर्ण पदक हात पार्दा निशाले १ मिनेट ७० सेकेण्डको समय लिंदै काश्य पदक प्राप्त गरिन् । 

यो सहित गण्डकीले २ स्वर्ण, २ रजत र १ काश्य पदक हात पारेको छ ।

गण्डकीले सुरुवाती क्षणमा पाएको सफलताका लागि प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले बधाई दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close