पर्यटन प्रवर्द्धन गर्न घान्द्रुकमा ‘घोडा दौड’  प्रतियोगिता हुने

पोखरा । कास्कीको पर्यटकिय गाउँ घान्दु्रकमा फागु पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ ।

घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते (फागु पूर्णिमा) अन्नपूर्ण गाउँपालिका ११ मा विविध साँस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने घान्दु्रकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

समितिका अध्यक्ष राज बहादुर गुरुङले मौलिक संस्कृति तथा चार्डको संरक्षणसँगै पर्यटन प्रबर्द्धनमा सघाउ पुर्याउने उद्देश्य सहित उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘नेपाल सरकारको भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी देशभर कार्यक्रम भैरहेको छ’, उनले भने, ‘घान्दु्रकबाट पनि पर्यटन प्रबर्द्धनको पक्षमा सन्देश जाओस भन्ने हिसाबले घोडा दौड गरेका हौं ।’ उनले कोरोना भाईरसका कारण बाह्य पर्यटकको आवगमनमा सुस्ताएको बताउदै पर्यटकलाई घान्द्ुकमा भित्राउन योगदान पुग्ने बताए ।

अध्यक्ष गुरुङले सडकको पहुँच नभएको कास्कीको उत्तरी भेगमा ढुवानीको लागि खच्चडलाई प्रयोग गरिदै आएको बताउदै संरक्षणमा टेवा पुग्ने धारणा राखे । ‘कोरोना भाईरसले गर्दा पाहुना नै आउन पाएका छैनन् नेपाली पर्यटनको प्रबद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो’ उनले भने ।

त्यस्तै प्रतियोगिता संयोजक तथा पर्यटन व्यवसायी बिक्रम गुरुङले उक्त दौडबाट च्याम्पियन बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार प्राप्त गर्ने बताए । त्यस्तै उनका अनुसार द्वित्तिय र तृतीय बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ३५ र २५ हजार हात पार्नेछन् ।

उनले उक्त दौड हिबाल क्यु (न्यू ब्रिज) देखी सुरु भई खोलोभ्रो (घान्दु्रक बसपार्क) मा आएर निर्धारित ५.५ किलोमिटर दुरी पुरा गर्नुपर्ने बताए । उनले अन्नपूर्ण गाउँपालिका ११ क्षेत्रमा ८० बढि घोडा रहेको बताउदै प्रतियोगितामा अनुमानित ४० घोडाको सहभागिता रहने बताए । गुरुङले उक्त दौडमा सहभागि हुनको लागि प्रत्येक घोडाको ३ हजार रुपैया निर्धारण गरिएको बताए ।

सो दौडमा मुस्ताङ, म्याग्दी, घोरेपानी तथा पोखराबाट प्रतिस्पर्धाका लागि सहभागिता रहने छ । ‘एक पटकमा ८ वटा घोडा कुदाउछौ, गुरुङले भने–‘बाटो साँघुरो छ पछि सबै सकिएपछि समयको आधारमा च्याम्पियन घोषणा गर्नेछौं ।’ फागु पूर्णिमाको दिनभर सञ्चालन हुने सो कार्यक्रममा स्थानिय कलाकारहरुले तमु समुदायमा प्रचलित नृत्यहरु समेत प्रस्तु गरिने समितिका सचिब हिमाल गुरुङले जानकारी दिए ।

कार्यक्रममा खुल्ला घैटो फुटाउने, आमा समुहरुका लागि मेच घुमाई तथा १० बर्ष मुनिका बालबालिकाहरुलाई बेलुन फुटाउने प्रतियोगिता सञ्चालन गरिने छ । अनुसार सो प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । सो कार्यक्रम सम्पन्न गर्नको लागि अनुमानित कुल ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close