पोखरा स्पोर्टस । चौथो सहाना प्रधान स्मृती हक्कीमा गण्डकी प्रदेश र सुदुर पश्चिम बरावरीमा रोकिएका छन् ।
नेपाल हक्की संघको आयोजनामा वीरगन्जको आदर्शनगर खेल मैदानमा बुधबारबाट सुरु भएको उक्त प्रतियोगितामा निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसक्दा अंक बाँडेका हुन् । लिग अन्तर्गत समुह ‘बि’तर्फको उक्त खेलमा गण्डकीकी खेलाडी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिएकी छन् ।
त्यस्तै समुह ‘ए’ अन्तर्गत भएको अर्को प्रतिष्पर्धामा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको छ । मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १–१ गोल गरे । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल खेल माघ ८ गते हुनेछ ।
