बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता : सन्दिप खत्रीले बनाए १५ बलमा ४७ रन, मधेशलाई २०२ को लक्ष्य

पोखरा स्पोर्टस । गण्डकीका सन्दिप खत्रीले १५ बलमा ४७ रन प्रहार गरे पछि मधेश प्रदेशले २०२ रनको लक्ष्य पाएको छ ।

सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रियस्तरीय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटतर्फको फाइनलमा गण्डकीले मधेश प्रदेशलाई २०२ रनको लक्ष्य दिएको हो । गण्डकीले २० ओभरमा ८ विकेटको क्षतीमा २०१ रन बनाएको छ ।

टस हारेर इनिङको सुरुवात गरेको गण्डकीका लागि पहिलो विकेटका लागि इश्वर क्षेत्री र अर्जुन कुमालको जोडीले जम्मा १८ रन बनाउँदा गण्डकीका इश्वर ५ बलमा १० रन बनाउँदै पेभिलियन फर्किएका थिए ।

तर तेस्रो विकेटका लागि मैदान आएका दिपक डुम्रे र अर्जुनको पार्टनरशिपमा २१ बलमा ४२ रन बनाए । विशाल पटेलको बलमा अर्जुन १२ बलमा १५ रनको योगदान दिंदै आउट भए । तर चौथो विकेट भने गण्डकीको खासै जम्न सकेन । १३ बलमा २ छक्का र ३ चौका प्रहार गरेका दिपक विशालकै बलमा वोल्ड हुन पुगे ।

पाँचौ विकेट भने गण्डकीका लागि उत्कृष्ट बन्यो । दिनेश बुढा मगर र करन पगेनीले ३९ बलको सामना गर्दै ४९ रनको साझेदारी गरे । २४ बलको सामना गरेका दिनेश ३ छक्का र १ चौका प्रहार गर्दै ३३ रनमा रन्जीत कुमारको बलमा बोल्ड हुन पुगे । त्यसपछि आएका अर्का व्याट्म्यान विपिन खत्री क्रिजमा लामो समय टिकेनन उनले ८ बलको सामना गर्दा १ रन बनाउँदै विशाल पटेलको वलमा बोल्ड भए ।

सातौं विकेटका लागि करन र सन्दिप खत्रीले भने मधेशका बलरहरुको राम्रै धुलाई गरे । दुवै जोडीले १५ बलको सामना गर्दा ४१ रनको साझेदारी गरे । सन्दिपले १५ बलको सामना गर्दा ४ छक्का र ५ चौकाको मद्धतमा ४७ रनको व्यक्तिगत योगदान दिए । उनलाई राजेश पटेलले आउट गरे । ३२ बलको सामना गरेका करन समेत ३ चौका र ३ छक्का प्रहार गर्दै ४३ रनमा रुपेश सिंहको बलमा अरनिको यादवको हातमा क्याच आउट भए ।

गण्डकीका लागि अमृत गुरुङ नट आउट ९ र अंकित न्यौपानेले १ रन बनाउँदा कमल परियार भने रुपेश सिंहको  गोल्डन डकआउट हुन पुगे ।

यति बेला मधेश गण्डकी विरुद्ध जवाफी व्याटिङ सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close