नयाँ वर्ष पोखरा फेवा महोत्सवमा दौडिय पर्यटकहरु

पोखरा स्पोर्टस । पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् ।

यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्स ल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे । महिलातर्फको छुट्टै मुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जी द्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए ।

लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरु भएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल ३५ पर्यटक सहभागी भएको प्रतियोगिताका संयोजक हेमराज पहारीले जानकारी दिए । स्पेन, अमेरिका, नेदरल्याण्ड, म्यान्मार, इजरायल, वेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशका पर्यटकले प्रतियोगितामा भाग लिएका थिए ।

प्रथम हुनेले पोखरा अल्ट्रालाइटका तर्फबाट अल्ट्रालाइट फ्लाइट, होटल ग्लेसियरमा खाना र बास, सिइङ ह्याण्ड्स ब्लाइन्ड मसाज क्लिनिकका तर्फबाट निःशुल्क मसाज, मायाको चिनो र प्रमाणपत्र पुरस्कार पाए ।

यसैगरी द्वितीय हुनेले अन्नपूर्ण प्याराग्लाइडिङका तर्फबाट आधि घण्टाको उडान, ब्यञ्जन बार एण्ड ग्रिलको तर्फबाट रातको खाना, मायाको चिनो र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गरे । तृतीय पुरस्कारस्वरुप निशुल्क टिसर्ट र निशुल्क मसाज सेवा प्रदान गरियो ।

रन फर फन नाम दिइएको प्रतियोगिताका विजेतालाई पोखरा महानगरपालिका वडा १७ कि अध्यक्ष राधिका कुमारी शाही, महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close