बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता क्रिकेट  : गण्डकी फाइनलमा

पोखरा स्पोर्टस । सात पदेश सम्मिलित ‘प्रथम बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता’ अन्तर्गत क्रिकेट पुरुषतर्फ गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ ।

चितवनमा जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्दै गण्डकी फाइनलमा स्थान पक्का गरेको हो । सम्पन्न सेमीफाइनमा ओपनर इश्वर क्षेत्रीको व्यक्तिगत ६६ रनको योगदान र कमल परियारको उत्कृष्ट बलिङका कारण गण्डकीले दिएको १७५ रनको लक्ष्य भेट्टाउन मैदान उत्रिएको कर्णाली १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमात्रै बनाउन सक्यो ।

पहिलो व्याटिङमा उत्रिएको गण्डकीका लागि इश्वरले ३० बलको सामना गर्दै ८ छक्का र ३ चौकाको मद्धतले ६६ रन बनाए भने विपिन खत्रीले ३८, सुदिप खत्रीले २८ रन बाहेक अन्य खेलाडीहरुले भने दोहोरो अंक छुन सकेनन् । गण्डकीका भरपर्दा खेलाडी अर्जुन कुमाल भने दुई बल खेल्दै दिनेश अधिकारीको बलमा क्याच आउट हुन पुगे भने दिपक डुम्रे समेत दिनेशकै बलमा सून्य रनमा पेभिलियन फर्किए । चौथो क्रममा आएका करण पगेनी रन आउट भए । उनले समेत रनको खाता खोल्न सकेनन् । रनको खाता खोल्न नसकेका अर्का व्याट्स्म्यान कमल परियार समेत दिनेशकै बलमा धरापमा परे ।

कर्णालीका लागि दिनेशले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३९ रन दिएर ५ विकेट हात पारे भने दिपेन्द्र रावतले २ विकेट लिए ।

यत जवाफी व्याटिङ गरेका कर्णालीका लागि सर्वाधिक रन विपिन रावलले बनाए । उनले २५ बलमा ३८ रन जोडे ।

गण्डकीका कमल परियारले ३.४ ओभरमा १९ रन खर्चिएर ४ विकेट हात पारे । विपिन खत्रीले ४ ओभरको स्पेलमा १ मेडन राख्दै १७ रन दिएर ३ विकेट लिए । त्यस्तै अंकित न्यौपाने र अमृत गुरुङले समान १–१ विकेट हात पारेका छन् ।

फाइनल खेल बैशाख १ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close