
पोखरा स्पोर्टस । चितवनमा जारी बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा गण्डकीका ८ जना खेलाडी फाइनलमा स्थान बनाएका छन् ।
प्रतियोगितामा गण्डकीका ५ पुरुष र ३ महिला गरी ८ खेलाडीहरुले फाइनलमा स्थान पक्का गरेका हुन् । गण्डकीका निश्चल गुरुङले ६० केजी तौलमा, निशान गुरुङले ७१ केजी तौलमा, तार्जत घर्ती मगरले ७५ केजी तौलमा, किरण विकले ८६ केजी तौलमा र शुसिल श्रेष्ठले ८६ केजी तौलमा फाइनलमा स्थान बनाए ।
यसै गरी महिलातर्फ सोनिया बरुवालले ५२ केजी तौलमा, अश्मिता बस्नेतले ७० केजीमा र जोशिका श्रेष्ठले ७५ केजीतौलमा फाइनलमा स्थान पक्का गरेको गण्डकी टिमका प्रशिक्षक लोक बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
जारी प्रतियोगितामा गण्डकीले आजको खेल सकिदा सम्म ६ वटा काश्य पदक जितेको छ । गण्डकीले पुरुषतर्फ ५ र महिलातर्फ १ गरी कुल ६ काश्य पदक जितेको हो ।
पुरुषतर्फ राजेश पाण्डेले ४८ केजीमा, चन्द्र बहादुर थापाले ५७ केजीमा, आयूष तामाङले ६७ केजीमा, याम बहादुर केसीले ८० केजीमा र सुदिप गुरुङ ९२ केजी तौलमाथी काश्य पदक जिते भने महिलातर्फ दिक्षा राईले गण्डकीका लागि एक काश्य पदक दिलाएकी छन् ।
फाइनल खेल बिहिबार हुने छ ।
