बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता : तेक्वान्दोमा गण्डकीलाई ६ रजत, २ काश्य

पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो तर्फ गण्डकीले ६ रजत र २ काश्य पदक हात पारेको छ ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार तेक्वान्दो ग्यारोगीतर्फ गण्डकीले ६ रजत २ काश्य पदक विभिन्न तौल समुहमा हात पारेको हो ।

गण्डकीले पहिलो दिन पुम्सेतर्फ ३ रजत र २ काश्य पदक जिते पनि ग्योरोगीतर्फ समेत् गण्डकीका खेलाडीहरु स्वर्ण पदकबाट चुकेका छन् । गण्डकीले महिलातर्फ ४ र पुरुषतर्फ २ गरी ६ रजत तथा पुरुषतर्फ नै २ काश्य पदक जितेको छ ।

सम्पन्न प्रतियोगितामा गण्डकीकी महिमा महतोले ४७ केजी तौलमा, इशा महतोले ४९ केजीमा, रजनी परियारले ६७ केजी तौलमा र गोमा देवी थापाले ७३ केजी माथीको तौलमा रजत पदक जितेका छन् ।

त्यसै गरी पुरुषतर्फ हरिवबहादर परियार र खुसीमान गुरुङले क्रमश ६० र ८३ केजी तौलमा रजत पदक हात पार्दा ७४ र ५८ केजी तौलमा क्रमश शंकर पौडेल र रन्जन परियारले काश्य पदक जिते ।

यो सहित गण्डकीले बागमती प्रदेशराष्ट्रिय प्रतियोगिता तेक्वान्दोतर्फ ९ रजत र ५ काश्य पदक जितेको छ ।

गण्डकी टिमका प्रशिक्षक निशान कार्कीका अनुसार विभिन्न तौलमा भएको स्पर्धामा केही खेलाडीहरु अन्तिम समयमा घाइते हुँदा स्वर्णबाट वञ्चित हुन परेको जनाए । उनले भने–“चितवनमा गर्मी छ । गर्मीका कारण पनि खेलाडीहरुलाइ समस्या भयो । हामीले सोचे अनुरुप पदक जित्न सकेनौं । तर पहिलो पटक आयोजना भएको यो प्रतियोगितामा गण्डकीका तेक्वान्दो खेलाडीमा नयाँ जोश पलाएको छ ।”

गण्डकीको टिममा अर्का प्रशिक्षक परशुनारायण बोहोरा र टिम म्यानेजरमा कमल प्रसाद पराजुली रहेका थिए ।
साथमा यो पनि

बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता : तेक्वान्दो पुम्सेमा गण्डकीलाई ३ रजत, २ काश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close