गण्डकीका सुदिपलाई २०० मिटर दौडमा पदक

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका सुदिप भण्डारीले २०० मिटर दौडमा काश्य पदक जितेका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना जारी बागमती प्रदेश राष्ट्रियस्तरीय प्रतियोगिता अन्तर्गत उनले एथलेटिक्सतर्फ काश्य पदक जितेका हुन् ।

भर्खरै सम्पन्न दौडमा सुदिपले २३.७३ सेकेण्डको समय निकाल्दै काश्य पदक जितेको गण्डकी टिमकी प्रशिक्षक इन्द्रा मल्लले जानकारी दिएकी छन् ।

त्यसै गरी प्रतियोगितामा मधेश प्रदेशका अदिश यादवले २३.२८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारे भने बागमतीका सन्त बहादुर दराईले २३.६४ सेकेण्डमा दुरी पार गरी रजत पदक जिते ।

गण्डकीले यो संगै एथलेटिक्सतर्फ २ स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ । गण्डकीका तिर्थ पुन मगरले २ स्वर्ण दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close