गण्डकीका तिर्थले जिते दोहोरो स्वर्ण, ५ हजार मिटरमा सफलता

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका धावक तिर्थ पुन मगरले चितवनमा जारी बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोििगतामा दोहोरो स्वर्ण हात पारेका छन् ।

१० हजार मिटर दौडमा गण्डकीका लागि पहिलो स्वर्ण दिलाएका तिर्थले दोस्रो दिन ५ हजार मिटर पुरुष दौडमा थप एक स्वर्ण जित्दै दोहोरो स्वर्ण हात पारेका हुन् ।

भर्खरै सम्पन्न ५ हजार मिटर दौड १५ मिनेट १६.५ सेकेण्डमा दुरी पार गरी तिर्थले गण्डकीका लागि दोस्रो स्वर्ण समेत दिलाए ।

सोही दौडमा बागमतीका मिङमार तामाङले रजत पदक जिते । उनले उक्त दौड १५ मिनेट ३६.२० सेकेण्डमा पुरा गरे भने कर्णालीका अजय विक तेस्रो हुँदै काश्य पदक जिते । गण्डकीका दिनेश बोगोटीले १६ मिनेट २७.६ सेकेण्डको समय लिंदै चौथो भएको गण्डकी टिमकी प्रशिक्षक इन्द्रा मल्लले पोखरा स्पोर्टसलाई जनाएकी छन् ।

केही दिन अघि सम्पन्न लुम्विनी पिस म्याराथनमा समेत तिर्थले उपाधि हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close