बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता : तेक्वान्दो पुम्सेमा गण्डकीलाई ३ रजत, २ काश्य

पोखरा स्पोर्टस । चितवनमा जारी बागमती प्रदेश राष्ट्रिय प्रतियोगिताअन्तर्गत तेक्वान्दो पुम्सेतर्फ गण्डकी प्रदेशले ३ रजत र २ काश्य पदक जितेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी प्रतियोगितामा एकल, पेयर र टिम पुम्सेमा गण्डकीले कुल ५ पदक जित्न सफल भएको हो ।

गण्डकी तेक्वान्दो टोलीका प्रशिक्षक निशान कार्कीका अनुसार एकल पुम्से पुरुषतर्फ आयूष गुरुङले रजत पदक हात पार्दा महिलातर्फ ऋतु बुडाथोकीले काश्य पदक प्राप्त गरेकी छन् ।

त्यसै गरी पुरुष पेयर पुम्सेमा आयूष र ऋतुको जोडीले गण्डकीलाई रजत पदक दिलाएको छ ।

प्रतियोगिताअन्तर्गत नै भएको ग्रुप पुम्से महिलातर्फ ऋतु बुढाथोकी, मनिषा परियार र जेशीका मानन्धरको टिमले रजत पदक जितेको छ भने पुरुषतर्फ आयूष गुरुङ, महेन्द्र विक र अनोमल बोगोटी सम्मिलित टिमले काश्य पदक जितेको छ ।

यो समाचार तयार पार्दा सम्म तेक्वान्दो तर्फका विभिन्न तौल समुहका अन्य खेलहरु भने जारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close