बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता : एथलेटिक्समा गण्डकीलाई थप दुई पदक

पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फ गण्डकीले थप दुई पदक आफ्नो पक्षमा पारेको छ ।

गण्डकीले पुरुष शटपुट र हाइ जम्पतर्फ दुई पदक हात पारेको हो । गण्डकीका तर्फबाट शटपुटमा राजन महतले रजत पदक हात पारेका छन् भने बिवेक महतोले काश्य पदक प्राप्त गरेको गण्डकी टोलीकी प्रशिक्षक इन्द्रा मल्लले जानकारी दिएकी छन् ।

सम्पन्न शटपुटतर्फ बिवेकले १० मिटर ८३ सेमी फाल्दै रजत जिते भने सोही स्पर्धामा बागमतीका ललित रावलले स्वर्ण जिते । उनले ११ मिटर ५२ सेमी फालेका छन् भने बागमतीकै प्रचण्ड ढुङ्गेल काश्य पदक जिते ।

त्यस्तै गण्डकीका बिवेक महतोले हाइजम्पमा काश्य पदक जिते । उनले १ मिटर ७० सेमी जम्प गरेका थिए ।

गण्डकीले यो संगै एथलेटिक्स महिला तथा पुरुषतर्फ १ स्वर्ण, २ रजत र १ काश्य पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close