बागमती प्रदेशस्तरीय राष्ट्रिय खेलकुद : एथलेटिक्समा गण्डकीलाई पहिलो स्वर्ण

हाइजम्पमा सिमाले जितिन् रजत

पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो स्वर्ण हात पारेको छ ।

चितवनको भरतपुरमा जारी प्रतियोगिताको दोस्रो दिन गण्डकीका लागि तिर्थ पुनले पहिलो स्वर्ण दिलाएका हुन् । तिर्थले १० हजार मिटर दौडमा पहिलो स्थान बनाए । उनले उक्त दौड ३२ मिनेट २७. ०८ सेकेण्डमा पुरा गरे ।

सोही दौडमा कर्णालीका अजय विक दोस्रो भए । उनले ३४ मिनेट १०.६ सेकेण्डमा दौड पुरा गरे भने बागमती प्रदेशका पवन कुमार शाहले ३५ मिनेट १०.७ सेकेण्डमा दौड पुरा गरी तेस्रो भए ।

त्यसै गरी गण्डकीले महिला हाइजम्पतर्फ रजत पदक जितेको छ । गण्डकीका लागि सिमा श्रेष्ठले रजत पदक हात पारेको प्रशिक्षक इन्द्रा मल्लले पोखरा स्पोर्टसलाई बताइन् । सिमाले १ मिटर ३६ सेमी पार गरी रजत पदक जितिन् । सोही इभेन्टमा सुदुर पश्चिमकी १ मिटर ३९ सेमी दुरी पार गरी सुस्मिता चौधरी पहिलो भएकी छन् भने लुम्विनीकी प्रमिला चौधरी तेस्रो भइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close