फेन्सिङ जुनियर र क्याडेट वर्ल्ड च्याम्पियनसिपमा कृपा

पोखरा स्पोर्टस ।  नेपालकी कृपा गुरुङले जुनियर र क्याडेट वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छिन् ।

प्रतियोगिता साउदी अरेबियाको रियादमा अप्रिल १० देखि २० सम्म हुनेछ । नेपाली टिमको व्यवस्थापकमा विजयी शाही रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित विशेष कार्यक्रमबीच उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बिदाइ गरे र कृपाले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास पोखे ।

टिम आइतबार नै त्यसतर्फ प्रस्थान गरेको छ । कृपाले वुमेन्स इन्डिभिजुएल इपीको क्याडेट र जुनियनर दुवैमा आफ्नो चुनौती पेस गर्नेछिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close