पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप : बर्षा र राजेशलाई उपाधि

पोखरा स्पोर्टस । नेपालमै पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पिएन्सिप २०२४ सम्पन्न भएको छ ।

राइडर्स क्लव पोखराको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको स्विकृतीमा सम्पन्न प्रतियोगितामा महिला तर्फ ललितपुरकी बर्षा बस्नेतले टाइटल जितिन भने पुरुष–ओपन इलाइटमा काठमाडौका राजेश मगरले उपाधि हात पारेका छन् । उनीहरुले उपाधि संगै जनही नगद रु १ लाख ५० हजारका साथमा ट्रफी हात पारेका छन् ।

त्यस्तै गरि महिला तर्फ दोश्रो मन्दिरा भण्डारी र पोखरामा राम्रो फ्यान फ्लो बनाएकी सुरक्षा केसिले तेस्रो स्थान हासिल गरिन् । पुरुष–ओपन इलाइटमा अन्जित बुढाथोकी दोस्रो हुँदा आशुतोष धोन्जु तेस्रो भए । ओपन ३०+मास्टर्समा राज शहीले पहिलो स्थान प्राप्त गर्दा बिकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो भएका छन् । दोस्रो हुनेले नगद रु १ लाख र दोस्रो रतेस्रो हुने सबै खेलाडीहरुले जनही नगद रु ५ हजारका साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

उक्त प्रतियोगितामा सहभागि अन्य खेलाडीहरुले भने विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगितालाई निरन्तरता दिने कार्यक्रम निर्देशक जगत धौलीले बताएका छन् । बिश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।

बिश्व खेलकुद दिवसको अवसरमा आयोजित प्रतियोगितामा महिला र पुरुष गरि ५६ जना खेलाडिले सहभागिता जनाएका थिए । बनजङ्गल, खोलानाला, बासघारी, गोरेटोबाटो, बगर बालुवामा उडाउने/गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रयाक निर्माण गर्न झण्डै ३ महिना भन्दा बढी समय लागेको आयोजकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close