बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता : बक्सिङ, एथलेटिक्स, फुटबल टोलीको बिदाई

पोखरा स्पोर्टस । बागमती प्रदेश राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन हिंडेको बक्सिङ, एथलेटिक्स, फुटबलटोलीको बिदाई गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले आजबाट सुरु भएको उक्त प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई बिदाई गरेको हो । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा सुरु भएको प्रतियोगिताका अधिकांश खेलहरु भोलीबाट सुरु हुनेछन् ।

बक्सिङको २० सदस्यिय टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले बिदाई गरेका थिए भने एथलेटिक्स टोलीलाई प्रदेश खेलकुदका सदस्य गिरमान गुरुङले बिदाई गरे । त्यस्तै हेटौडामा हुने फुटबल प्रतियोगितामा सहभागि हुने टोलीलाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले बिदाई गरे ।

प्रतियोगितामा सहभागिता जनाउन महिला तथा पुरुङ भलिबल र स्विमिङको टोली समेत चितवन प्रस्थान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close