‘रारा रग्बी सेभेन्स’मा सहभागि हुने गण्डकीको टोलीको बिदाई

पोखरा स्पोर्टस । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने ‘रारा रग्बी सेभेन्स’ प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको महिला तथा पुरुषको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

कर्णाली प्रदेश खेलकुद परिषदको संयोजन तथा नेपाल रग्बी संघ र कर्णाली प्रदेश रग्बी संघको आयोजनामा यहि चैत्र २७ र २८ गते सञ्चालन हुने प्रतियोगिताका लागि गण्डकीको टोली त्यसतर्फ प्रस्थान गरेको हो । सुर्खेत प्रस्थान गर्नु अघि टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले बिदाई गरेका थिए । उनले सो अवसरमा अनुशासित पूर्वक आफ्नो खेल क्षमता प्रदर्शन गर्न आग्रह गरे ।

सहभागि हुने महिला खेलाडीहरुमा कृती मगर, सर्वदा पौडेल, शर्मिला तामाङ्ग, सुरक्षा परियार, सावित्री पूर्जा, ज्योती मल्ल, ममता कुमाल, बन्दना थापा, कृती थापा मगर, दिनासा रोकाया, सिम्रन श्रेष्ठ, बिनिता कुमाल र टिम व्यवस्थापकमा पुजनी कार्की रहेका छन् ।

त्यसै गरी पुरुषतर्फ मोशेस कुमाल, यूवराज खड्का, दर्शन बाँनिया, अनिश तामाङ्ग, आयुष गुरुङ, अनिश लामिछाने, संगम लामिछाने, जिवशन थापा, विराज लामा, सुरज लोप्चन, अजित खडका र टिम कप्तानमा बिराट श्रेष्ठ रहेका छन् ।

गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङको अध्यक्षतामा बिदाई कार्यक्रम भएको थियो । उक्त प्रतियोगितामा सहभागि हुने गण्डकीको टोलीलाई दुई साता लामो बन्द प्रशिक्षणमा राखिएको कास्की रग्बीका अध्यक्ष सुवास खड्काले बताए । नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएको गण्डकीले पुरुषतर्फ काश्य पदक जितेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close