गण्डकीमा यू–१३ जुनियर फुटबल छनौट सुरु

पोखरा स्पोर्टस । पोखरामा यू–१३ जुनियर फुटबल छनौट सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी कार्यक्रमका लागि गण्डकी प्रदेशबाट खेलाडी छनौट सुरु गरिएको हो । उक्त छनौट कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरे ।

पोखरा रंगशालामा सुरु भएको छनौट कार्यक्रममा ब्वाइज र गर्ल्सतर्फ गरी ४ सय ५० भन्दा बढिको सहभागिता भए पछि एक दिने छनौट कार्यक्रम दुई दिनका लागि सरेको गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरुङले बताए ।

एन्फा संग आवद्ध जिल्लाहरु बाहेक अन्य जिल्लाबाट समेत उत्तिकै धेरै जुनियर खेलाडीहरु पोखरा छनौटका लागि आएको महासचिब गुरुङको भनाई थियो । उनले भने–“हामी छनौटका लागि आएक सबैलाई समुह विभाजन गरेर छनौटलाई पारदर्शी र सहज बनाउने प्रयास गरेका छौं ।”

गण्डकी प्रदेशबाट छनौट हुने खेलाडीहरु अन्तिम चरणको छनौटका लागि काठमाण्डौ जाने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close