बागमती अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिता : गण्डकी महिला क्रिकेट टोलीको बिदाई

पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको महिला क्रिकेट टोली शुक्रबार चितवनतर्फ प्रस्थान गरेको छ ।

चितवन प्रस्थान गर्न अघि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच बिदाई गरेका छन् । सो अवसरमा सदस्य सचिब शर्माले खेलाडीहरुलाई जितको शुभकामना दिंदै आफू भित्रको क्षमता प्रदर्शन गर्न र अनुशासित भई खेल्न आग्रह गरे ।

राष्ट्रिय प्रतियोगितामा पहिलो पटक नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा भोली शनिबार हुने खेलमा गण्डकीले आयोजक बागमती प्रदेशको सामना गर्नेछ ।

सृष्टि जैसीको कप्तानी र कुशुम गोदार उपकप्तान रहेको गण्डकीको टोलीमा सिमाना केसी, ज्योत्स्निका मरासिनी, सृजना पौडेल, धन कुमारी क्षेत्री, सेरीना थापा, रचना चौधरी, निरु जिटी, आकृती तिवारी, यशोदा भुजेल, सलिना सेन, रन्जना साउद र चन्द्रमायाँ बराल रहेका छन् ।

टिमको प्रशिक्षकमा गोविन्द प्रधान र ब्यवस्थापकमा मायाँ तिवारी रहेका छन् ।

बिदाई कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close