वर्ल्ड जुनियर फेन्सिङ च्याम्पियनसिपमा सहभागि हुन जाँदै गण्डकीकी कृपा

पोखरा स्पोर्टस । वर्ल्ड क्याडेट जुनियर फेन्सिङ च्याम्पिनिसिपमा सहभागि हुन गण्डकीकी कृपा गुरुङ नेपालका लागि चुनौती प्रस्तुत गर्ने भएकी छन् ।

यहि अप्रिल १० देखि २० तारिखसम्म साउदी अरबको रियादमा हुने उक्त प्रतियोगितामा कृपाले सहभागिता जनाउने भएकी हुन् । १४ वर्षिया कृपाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । उनले वर्ल्ड जुनियर फेन्सिङ च्याम्पियनसिपमा इपी इभेन्टतर्फ चुनौती प्रस्तुत गर्ने भएकी छन् ।

उक्त प्रतियोगितामा टिम ब्यवस्थापकको रुपमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष बिजय शाही रहेका छन् । वर्ल्ड जुनियर फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी कृपा र ब्यवस्थापक शाहीलाई एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले बिदाई गरे ।

साउदी जाने दुई सदस्यसिय टोली आज नै काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम छ । बिदाई कार्यक्रममा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल, गण्डकी फेन्सिङका पदाधिकारीहरु, कृपाकी आमा चिजा गुरुङलगायतको सहभागिता रहेको थियो ।

बिदाई हुनु अघि बोल्दै टिम ब्यवस्थापक शाहीले नेपाली खेलाडीले यो अवसर पाउनु गर्वको विषय रहेको बताए । उनले भने–“हामी वर्ल्ड च्याम्पियनसिपमा सहभागि हुन जाँदैछौं । नेपालले यो अवसर पाएको छ । अवसर पाउनु पनि ठूलो कुरा हो ।” कृपा अनुशासित र मेहनती खेलाडी भएकोले पनि प्रतियोगिताबाट धेरै कुरा सिकेर आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close