खेलकुदमा देशकै उत्कृष्ट स्थानियतह मध्यविन्दु नगरपालिका, सम्मानित हुँदै

पोखरा स्पोर्टस । खेलकुद क्षेत्रमा गण्डकी प्रदेशको नवलपुरस्थित मध्यविन्दु नगरपालिका उत्कृष्ट भएको छ ।

देशकै ७५३ स्थानिय तह मध्ये मध्यविन्दु पहिलो पटक उत्कृष्ट बनेको हो । उत्कृष्ट बने संगै मध्यविन्दु नगर पालिका भोली (बुधबार) राष्ट्रिय खेलकुद परिषदको ६० औं वार्षिकोत्सव समारोहमा सम्मानित हुने भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

कसरी भयो उत्कृष्ट
नेपालकौ कान्छो जिल्लामा अवस्थित मध्यविन्दु नगरपालिका राखेपको प्रकाशित सूचनामा आधारित मापदण्डमा समेत सबैलाई उछिन्दै उत्कृष्ट भएको हो । मध्यविन्दुले पठाएको विवरणमा विभिन्न रंगशाला र कभर्डहलमा २ करोड भन्दा बढिको लगानी भएको छ भने पालिका भित्रका अन्य २९ वटा विभिन्न खेल मैदानहरुमा वार्षिक ३० देखि ४० लाख खर्च गर्दै आएको छ ।

मध्यविन्दुमा तीनबट रंगशाला, एक निर्माणाधिनसहित चार वटा कभर्डहल, १२ वटा फुटबल मैदान, १७ वटा भलिबल मैदान, व्याडमिन्टन खेलस्थल १०, र क्रिकेट खेल मैदान तीन वटा रहेका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा विभिन्न प्रतियोगिताहरुका लागि ३२ लाख खर्च गरेको थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न १४ वटा प्रतियोगिताहरुका लागि ३५ लाख खर्च गरिसकेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नै प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, राइनो गोल्डकप, मध्यविन्दु गोल्डकप, दौड प्रतियोगितालगायत गरी ३२ वटा विभिन्न प्रतियोगिताहरु समेत सम्पन्न गरिसकेको छ ।

पालिकाको खेलकुद विकासका लागि खेलकुद विकास समिति समेत गठन गरी अघि बढेको मध्यविन्दुले पालिकास्तरीय प्रतियोगिताहरुमा १ हजार ३ सयले सहभागिता जनाई ३१८ वटा पदक, जिल्लाका विभिन्न प्रतियोगिताहरुमा २ सय भन्दा बढि खेलाडीहरुको सहभागिता जनाई ३५ वटा पदक जित्न सफल भएको छ ।

मध्यविन्दु नगर पालिका ओलम्पियन तिलक थारु, साग मेडलिष्ट रामेश्वरी महतो र पूर्व भलिबल राष्ट्रिय खेलाडी हालका प्रदेश खेलकुद सदस्य सचिव श्रीधर शर्मा जन्माउने पालिकाको रुपमा परिचित छ भने विभिन्न खेलमा १४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु रहेको पालिकाको रुपमा समेत परिचित छ ।

यसका साथै हालै प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मध्यन्दिुमा इतिहासमा नै पहिलो पटक सहाशिक खेल कायाकिङको राष्ट्रिय खेल समेत सम्पन्न भएको थियो ।

सदस्य सचिव शर्मा भन्छन्
गण्डकी प्रदेशमा पहिलो पटक मध्यविन्दु उत्कृट हुनु प्रदेशको खेलकुद विकासका लागि समेत गौरवको विषय रहेको सदस्य सचिब शर्माले जनाएका छन् । उनले भने–“यो हाम्रो लागि गौरवको विषय हो । प्रदेशको एक पालिका देशकै उत्कृष्ट खेल पालिकाको रुपमा सम्मानित हुँदैछ । यसले त्यहाँ खेल विकासको सम्भावनाका ढोकाहरु खोल्न सहज हुनेछ । म परिषदको तर्फबाट पालिका परिवारसहित सम्पूर्ण नगरवाशीहरुलाई बधाई दिन चाहन्छु ।” उनले खेलकुद विकासका लागि सबै स्थानियतहरुले खेलकुद विकास समिति गठन गरी यथासिघ्र खेलकुद विकासको कार्यलाई व्यवस्थित बनाउन आग्रह गरे । उनले भने–“पालिकाहरुले आ–आफ्ना खेलकुद विकास समिति गठन गरी अघि बढ्ने हो भने खेलकुद विकासले हरेक पालिकामा गति लिन्छ । खेलाडी उत्पादन हुन्छन् । आवश्यक्ता अनुसार खेल मैदान निर्माण हुन्छन् ।” 

राखेपको बुधबार हुने वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्ने कार्यक्रम रहेको छ । यस संगै खेलाडी, पत्रकार कर्मचारी लगायत समेत सम्मानित हुनेछन् ।

उक्त प्रतिस्पर्धामा गण्डकीबाट आठवटा विभिन्न पालिकाहरुले समेत सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close