गण्डकी प्रदेशस्तरीय यू–१३ फुटबल छनौट चैत्र २४ गते

पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघले १३ वर्ष मुनीका (यू–१३) खेलाडीहरुको छनौट यहि चैत्र २४ गते हुने जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गर्न लागेको एन्फा एकेडेमीका लागि यू–१३ छात्र÷छात्रा छनौट गर्न लागेको हो । संघका महासचिव बिनोद गुरुङका अनुसार उक्त छनौट कार्यक्रम पोखरा रंगशालामा सञ्चालन हुने छ ।

महासचिव गुरुङका अनुसार सबै जिल्लामा छनौट कार्यक्रम करिव सम्पन्न भइसकेको जनाउँदै उक्त छनौटमा ३ सय भन्दा बढिको सहभागिता हुन सक्ने जनाएका छन् । उनले भने–“प्रदेशबाट छनौट भएका खेलाडीहरु केन्द्रियस्तरको छनौटमा पठाउने छौं । त्यहाँ छनौट भइसकेपछि उनीहरु एकेडेमीमा आवद्ध हुनेछन् ।”

संघले गण्डकी प्रदेशका जिल्लाहरुमा भएको छनौटमा छुट भएका खेलाडीहरुलाई समेत सहभागिताका लागि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close