पोखरा रंगशालामा सुविधा सम्पन्न योगा र आर्यूवेद केन्द्र निर्माण गर्न गण्डकी प्रदेश सरकारको चासो

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले पोखरा रंगशालामा सुविधा सम्पन्न योगा र आर्यूवेद केन्द्र निर्माण गर्न चासो देखाएको छ ।

सुविधा सम्पन्न योगा र आर्यूवेद केन्द्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्र ध्वज जि.सीसहित मन्त्रालयको एक टोलीले पोखरा रंगशाला परिशरमा अवलोकन समेत गरेको हो ।

मन्त्री जिसी र स्थास्थ्य मन्त्रालयका सचिव बिनोदविन्दु शर्मासहित मन्त्रालयको टोलीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले पोखरा रंगशाला परिशर भित्र विभिन्नस्थानहरुको बारेमा जानकारी गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका सचिव शर्माका अनुसार प्रदेश सरकारले खेलाडीहरुको हितलाई मध्यनजर गर्दै सुविधा सम्पन्न योगा र आर्यूवेद केन्द्रका लागि पोखरा रंगशाला उययूक्त रहेको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“करिव एक सयजना सम्म एक पटकमा योगा गर्न मिल्ने संगै साउना लगायतका लागि हामी जग्गाको खोजीमा छौं । यो केन्द्र विशेष गरी खेलाडी लक्षित हुने छ । त्यसैले पनि हामी पोखरा रंगशालामा यो केन्द्र निर्माण गर्नुपर्छ भन्नेमा छौं ।” 

अवलोकनका क्रममा मन्त्री जिसीले यथासिघ्र योगा र आर्यूवेद केन्द्रको काम अघि बढाउन निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close