पोखरामा अन्तरविद्यालय छात्रा क्रिकेट हुँदै, साथ कंगारुको

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ ।

फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिएका हुन् ।

२०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताएका छन् ।

फाउण्डेशनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पुनले यस्तै सहयोगबाट नेपाली महिला क्रिकेटले सफलता पाउने विश्वास व्यक्त गरे । महिला टिमले क्रिकेटका माध्यमबाट नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन अहम भूमिका निर्वाह गरेकोले महानगरले महिला क्रिकेटलाई प्राथमिकतामा राखको पुनको भनाई छ ।

पोखरा रंगशालामा बैशाख २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताका पोखराका विभिन्न १२ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिता संयोजक गोविन्द प्रधानले जानकारी दिए । सहभागि टिमलाई चार समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने उनको भनाई छ ।

प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउनेछन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने कोषाध्यक्ष ऋषिकेश शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close