आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

पोखरा स्पोर्टस । पाचौं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । पहिलो सेमिनार पोखरामा र दोस्रो, तेस्रो, तथा चौंथो सेमिनार काठमाडौंमा भएको हो । जापान, नेदरल्याण्ड, फ्रान्स, सिंगापुर लगायत नेपालका गरी दुई दिने सेमिनारमा ५५ जना खेलाडीको सहभागिता रहेको थियो।

जापानी आत्मसुरक्षा मार्सल आर्ट सेमिनारमा प्रशिक्षण दिन जापानस्थित आइकिडो प्रधान कार्यालयका प्रशिक्षक गुरु तेईजु शासाकी सिहान आएका थिए ।  विशेष गरि, यस खेल हरेक विद्यालयमा किशोर र किशोरी हरुलाई प्रशिक्षण दिई अप्रिय घटनाहरुबाट आफ्नो आत्मरक्षा गर्नसक्ने वनाउनु पर्ने संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

सेमीनारमा सहभागि खेलाडी आदित्य शाहले आफु वित्तिय संस्थामा आवद्य भएकोले जोखीमपुर्ण अवस्थामा आईपर्न सक्ने सम्भावना र शुरक्षालागी अत्यन्तै आवश्यक ठानेर विगत २ वर्ष देखी यस खेलको प्रशिक्षण लिदै आएको साथै अहिले आत्मविश्वास बढेको अनुभव रहेको बताए ।

आइकिदो खेल १४० देशमा १७ लाख भन्दा धेरै खेलाडीले खेल्ने गर्दछन । यस खेललाई शालिनताका साथ खेलिने आत्मरक्षाको मार्सल आर्टमा लिइन्छ। यस खेललाई शान्ति र सद्भावको कला पनि भनिने संस्थाका सचिव विनय श्रेष्ठले बताए । सम्पन्न सेमिनारले पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने विश्वास गरिएको उनको भनाई छ ।

उक्त संस्थाले नेपालमा १५ वर्षदेखि प्रशिक्षण दिंदै आएको छ । प्रमुख प्रशिक्षक अर्जुन श्रेष्ठले यस खेललाई नेपाल भित्रयाएका हुन् । हाल यस खेललाई, काठमाडौ, पोखरा र तनहुँ लगायतका डोजो र विद्यालयहरूमा समेत आइकिडो आइकिकाई संघ नेपालले प्रशिक्षण दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close