कथा जिवनको : कारको हेडलाइट, पोखराको टेनिस अनि यात्रा मालदिभ्सको

केशव पाठक/पोखरा स्पोर्टस । जिवनले पनि कस्तो मोड लिन्छ थाहा हुँदैन । यो कथा हो पोखरेली टेनिसले जन्माएका प्रखर यूवाहरुको । भर्खरै ११ वर्षका निरज गुरुङ, १४ वर्षका नविन पाइजा र ११ वर्षकै सौगात विक । १४ वर्ष अघिको इतिहास । भर्खरै बनाइएको पोखरा पर्स्याङको टेनिस कोर्ट । निरज, नविन र सौगात उनीहरु तीनै जना बल ब्वाई । निम्न परिवारका उनीहरु ।

एक व्यक्तिले गरेको प्रयास जति प्रशंसा गर्दा पनि कमै हुन्छ । बिनोदले टेनिसको यो यात्रामा धेरै अप्ठ्यारा गौंडाहरु पार गरेका छन् । आज पोखरा रंगशालाको टेनिस कम्प्लेक्सलाई हेरेर मख्ख पार्ने मात्रै होइन उनले २५ वर्ष अघि सोचेको टेनिसले सार्थकता पाएको छ । जसमा राज्यको खासै चासो छैन । धेरै संग हात फैलाएका छन् । घरको गाँस कटाएर टेनिसमा छरेका छन् । कुमार, प्रदिप, नविन, निरज र सौगात जस्तै मेहनत र अनुशासनमा जिवन गाँस्नेहरुको यूवाहरु टेनिसमार्फत उत्पादन गर्न । हिजो पर्स्याङको अध्याँरोमा बिनोदको कारको हेडलाइटले छरेको प्रकाश साढे दुई दशक भयो तर त्यो उज्यालो नेपालमा मात्रै नभई समुद्र पारी मालदिभ्समा समेत झलमल्ल भएको छ ।

पोखरेली टेनिसका प्रवर्द्धक बिनोद कायस्थ । नजरमा परे उनीहरु । नजरमा मात्रै परेनन् । उनीहरुको घरको विँडो समेत थामिदिए । दिउस भरी बल व्वाई अनि साँझ परेपछि सुरु हुन्थ्यो उनीहरुको टेनिस प्रशिक्षण । उनहरुको न समाउने हाङो थियो न डालो । तर बिनोदको साथले उनीहरुको जिवनमा नयाँ मोड आयो । तीन जना मध्ये एक निरज हौसिंदै बोले–“राती राती बिनोद अंकलले आफ्नो कारको हेडलाइट बालेर हामीलाई टेनिस सिकाएको हिजो जस्तो लाग्छ ।”

निरज र नविनले मालदिभ्समा ९ सय अमेरीकी डलर तलब बुझ्छन् । उनीहरु सहित १६ जना प्रशिक्षकहरु मालदिभ्समा छन् । राजधानी मालेमा कोर्ट जम्मा ४ वटा छन् । सिक्ने जुनियर देखि सिनियर सम्म १ सय बढि छन् । १६ जना प्रशिक्षकमा ४ जना नेपाली छन् । लेभल १ र २ विदेशी प्रशिक्षकहरु माझ उनीहरुको प्रशिक्षण दिन्छन् । उनीहरु संग त्यस्तो सर्टिफिकेट छैन । छ त खेल अनुशासन । उनीहरुको त्यो अनुशासनमा त्यहाँको टेनिस नेतृत्व नतमस्तक छ ।

१० वर्ष तीनै जनाले निरन्तर टेनिस खेले । बिनोदबाट टेनिसको अभिभावक्त्व पाएका तीनै जना पछि फर्किएर हेर्नु परेको छैन । तीन जना मध्ये दुई निरज र नविन यती बेला मालदिभ्समा टेनिस प्रशिक्षक छन् । सौगात अव केही दिनमा नै उता जाने पर्खाइमा छन् । “पोखराको टेनिस इतिहास नै त्यस्तै छ” बिनोद बोल्छन–“यो १२–१५ वर्षमा केही यूवाहरु पोखराको टेनिसले गर्व गर्छ ।” बिनोदकै भाषामा कुमार अधिकारी पूर्व नेपाल नं १ अहिले मालदिभ्समा महिलाका हेड कोच छन् । निरज मालदिभ्स टेनिस संघको सहायक प्रशिक्षक । नविन एकेडेमीका प्रशिक्षक छन् । सौगता मालदिभ्सकै अकु एकेडेमीमा प्रशिक्षकको नियुक्ती पाएका छन् ।

‘पकेट मनी’को लोभले टेनिस छिरेका निरज, नविन, प्रदिप हुन वा सौगात अहिले उनीहरुको खेल जिवन संगै खेलकुदको सभ्यता जोडिएको छ । “नेपाली छोराहरुले अहिले विदेशमा बसेर नेपाली खेलकुदको कठिन यात्रालाई उनीहरुको टेनिसमा रङ्गयाउन प्रयासरत छन्”–बिनोद भन्छन्, “हेर्नुस अवको पाँच वर्ष पर्खनुहोस हामी अझै यस्ता यूवाहरु दिनेछौं । जसले गण्डकी प्रदेशले मात्रै होइन देशले गौरव गर्नेछ ।” बिनोद आफ्नो योजनामा अडिग छन् ।

२५ वर्ष अघि पोखराको पर्स्याङमा टेनिस कोर्ट निर्माण भयो । खर्च लाग्यो ८ लाख । ति दिन सम्झिंदै बिनोद भन्छन्–“८ लाख खर्च गरेर मैले टेनिस कोर्ट बनाए । त्यही बेला कुँडहरमा १० लाखमा जग्गा किने व्यक्तिगत” उनी भन्छन–“त्यती ठूलो रकम खर्च गरेर बनाएको कोर्टको कुनै नामो निशान छैन । तर १० लाख खर्च गरेर किनको जग्गा अहिले २ करोड पुगेको छ ।” पोखरा रंगशालामा जग्गा प्राप्ती संगै पर्स्याङको टेनिस सरेको थियो ।

निरज र नविनले मालदिभ्समा ९ सय अमेरीकी डलर तलब बुझ्छन् । उनीहरु सहित १६ जना प्रशिक्षकहरु मालदिभ्समा छन् । राजधानी मालेमा कोर्ट जम्मा ४ वटा छन् । सिक्ने जुनियर देखि सिनियर सम्म १ सय बढि छन् । १६ जना प्रशिक्षकमा ४ जना नेपाली छन् । लेभल १ र २ विदेशी प्रशिक्षकहरु माझ उनीहरुको प्रशिक्षण दिन्छन् । उनीहरु संग त्यस्तो सर्टिफिकेट छैन । छ त खेल अनुशासन । उनीहरुको त्यो अनुशासनमा त्यहाँको टेनिस नेतृत्व नतमस्तक छ ।

एक महिनो छोटो विदामा घर आएका नविन र निरज विदेश भन्दा आफ्नै घर प्यारो ठान्छन् । “केही सिक्नु छ भने विदेश त जानु नै पर्ने रहेछ” निरज मुख फोर्छन–“खेलेर मात्रै हुँदो रहेनछ । अध्ययन पनि आवश्यक रहेछ ।” १२ कक्षा पढेका निरज जती नविनले पढेका छैनन् । गरिवीको अध्याँरो कुनामा आफ्नी आमाको एकल कमाईमा कक्षा सात भन्दा माथी जान सकेन । दुवैको तलब १ लाख भन्दा माथी छ । तर उनीहरु आफ्नो कमाईमा त्यती सन्तुष्ट छैनन् । उनीहरु दुवैको चाहना घर फर्किनु हो । यहिँ बसेर आफू जस्तै खेलाडी र प्रशिक्षक उत्पादन गर्नु हो । नविन भन्छन–“हामीले विदेशमा बसेर उतैका खेलाडी उत्पादन मा छौं । देशमा नै बसेर नेपाली खेलाडी उत्पादन गर्न पाए मन आनन्दित हुन्थ्यो ।”

विनोद उनीहरुको प्रगतीको खुलेर प्रशंसा गर्छन । सडकबाट टपक्क टिपेर टेनिस कोर्टमा ल्याएका ति कलिला बालकहरुको हिजो र आजको अवस्थामा उनी दङ्ग छन् । हुन पनि किन नहुन् । आफ्नो हातले टेनिसको  र्‍याकेट समातेर खेल्न सिकाएको यूवाहरु अहिले एक मुलुकको टेनिस प्रशिक्षकमा व्यस्त छन् । उनकै प्रोत्सहानमा कुमार अधिकारी नेपाल नं १ बने । अहिलेका नेपाल नं १ प्रदिप खड्का बिनोदकै अनुशासनको पदचापमा हिंडेका छन् । पोखराको टेनिसले टेनिस मात्रै सिकाएको छैन । परनिर्भरता हुन परेको छैन कसैलाई ।

‘पकेट मनी’को लोभले टेनिस छिरेका निरज, नविन, प्रदिप हुन वा सौगात अहिले उनीहरुको खेल जिवन संगै खेलकुदको सभ्यता जोडिएको छ । “नेपाली छोराहरुले अहिले विदेशमा बसेर नेपाली खेलकुदको कठिन यात्रालाई उनीहरुको टेनिसमा रङ्गयाउन प्रयासरत छन्”–बिनोद भन्छन्, “हेर्नुस अवको पाँच वर्ष पर्खनुहोस हामी अझै यस्ता यूवाहरु दिनेछौं । जसले गण्डकी प्रदेशले मात्रै होइन देशले गौरव गर्नेछ ।” बिनोद आफ्नो योजनामा अडिग छन् ।

एक व्यक्तिले गरेको प्रयास जति प्रशंसा गर्दा पनि कमै हुन्छ । बिनोदले टेनिसको यो यात्रामा धेरै अप्ठ्यारा गौंडाहरु पार गरेका छन् । आज पोखरा रंगशालाको टेनिस कम्प्लेक्सलाई हेरेर मख्ख पार्ने मात्रै होइन उनले २५ वर्ष अघि सोचेको टेनिसले सार्थकता पाएको छ । जसमा राज्यको खासै चासो छैन । धेरै संग हात फैलाएका छन् । घरको गाँस कटाएर टेनिसमा छरेका छन् । कुमार, प्रदिप, नविन, निरज र सौगात जस्तै मेहनत र अनुशासनमा जिवन गाँस्नेहरुको यूवाहरु टेनिसमार्फत उत्पादन गर्न । हिजो पर्स्याङको अध्याँरोमा बिनोदको कारको हेडलाइटले छरेको प्रकाश साढे दुई दशक भयो तर त्यो उज्यालो नेपालमा मात्रै नभई समुद्र पारी मालदिभ्समा समेत झलमल्ल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close