बागमती अन्तर प्रदेशका लागि गण्डकीमा महिला क्रिकेट टोलीको छनौट

पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महिला क्रिकेट टोली छनौट सम्पन्न भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीका अनुसार १४ सदस्यिय टोलीसहित ४ जना बैकल्पिक खेलाडी छनौट गरिएको हो ।

छनौट भएका खेलाडीहरुमा सृष्टि पौडेल, कुशुम गोदार, सृजना पौडेल, सेरेना थापा, निरु जिटी, सिमाना केसी, ज्योत्सिन्का मरासिनी, धनमायाँ क्षेत्री, रचना चौधरी, आकृती तिवारी, यशोदा भुजेल, रञ्जना सावद, शलिना सेन र अञ्जली विश्वकर्मा रहेका छन् ।

त्यसै गरी चार बैकल्पिक खेलाडीमा विनिता नेपाली, चन्द्रमायाँ बराल, अरमिना अधिकारी र विन्दु थापा मगर रहेका छन् ।

तीन दिन सम्म सञ्चालन भएको छनौट प्रतियोगितामा विभिन्न जिल्लाका २४ जना खेलाडीहरु सहभागिता रहेको थियो ।

बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र २५ गतेका लागि सरे पश्चात छनौट भएका खेलाडीहरुको बन्द प्रशिक्षण भने रोकिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close