सहारा एकेडेमीलाई साफको सहयोग

पोखरा स्पोर्ट्स । विकास कार्यक्रमअन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् ।

साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापक सदस्य शान्ती केसीलाई बल उपलब्ध गराएका हुन् ।

बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) र साफलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हाम्रो एकेडेमीलाई एन्फामार्फत साफले ठूलो सहयोग भएको छ । यसको लागि आभारी छौं,’ बरालले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close