एसियाली र्‍याफ्टिङमा हेड टु हेडमा नेपाललाई स्वर्ण, स्लालममा रजत

पोखरा स्पोर्टस । नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा हेड टु हेडमा स्वर्ण  र स्लालममा रजत जितेको छ । डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपालले हेड टु हेडमा स्वर्ण  र स्लालममा रजत जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

नेपाल हेड टु हेडमा १ सय २०का साथ स्वर्ण पदक हात पार्दा स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६० अंक जोड्दै समग्रमा दोश्रो भयो । नेपाल डाउन रिभरमा चौथो, स्लालममा दोश्रो र हेड टु हेडमा पहिलो भएको थियो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा भारत बेलगाउँ २ सय ७० अंकसाथ पहिलो तथा भारत राइभोला २ सय ४८ अंकसाथ तेश्रो स्थानमा रहे । उक्त प्रतियोगितामा बिजयी खेलाडीहरु गण्डकी प्रदेशका खेलाडीहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close