ओलम्पिक क्वालीफाइङ बक्सिङमा चन्द्रको विजयी सुरुवात

पोखरा स्पोर्टस । ओलम्पिक क्वालीफाइङ बक्सिङमा नेपाली खेलाडी चन्द्र बहादुर थापाले विजयी सुरुवात गरेका छन् ।

आगामी अगस्तमा फान्सको पेरिसमा हुन गईरहेको ३३औं ग्रीस्मकालीन ओलम्पिकका ईटलीको बुस्टो आरिस्जीयो, मिलान शहरमा भईरहेको ओलम्पिक क्वालीफाईङ बक्सिङमा उनले बिजयी सुरुवात गरेका हुन् ।

यहि मार्च ३ देखि ११ तारिख सम्म ओलम्पिक क्वालीफाईङ बक्सिङ प्रतियोगितामा चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै विजयी सुरुवात गरे ।

थापाको अर्को भिडन्त भियतनाम र क्यानडाविचका विजयी खेलाडीसंग हुनेछ । भने अर्का नेपाली खेलाडी अन्जली तेलीको भिडन्त महिला ५४ किलो तौल समुहमा भोली मार्च ४ तारिखमा पोल्याण्डका खेलाडी द्राविक सान्द्रासंग बेलुकीको शत्रमा प्रतियोगिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close